इस्लाममा विज्ञान العلم في الإسلام

6.54 MB 49 1 Files
albyan
or download free
[free_download_btn]

Description

उपशीर्षक: “हामी (अल्लाह) तिनीहरूलाई ब्रह्माण्डमा र तिनीहरूको आफैंभित्र हाम्रा चिन्हहरू देखाउँछौं, जबसम्म यो उनीहरूका लागि सत्य स्पष्ट हुँदैन।” - कुरान ४१:५३

कुरआन, इस्लामको पुस्तक, मानवजातिका लागि अल्लाहबाट अन्तिम प्रकाशन हो र पैगम्बरहरूलाई दिइएका प्रकाशनहरूको अन्तिम हो।

यद्यपि कुरआन (१४०० वर्षभन्दा बढी पहिले अवतरण गरिएको) मुख्य रूपमा विज्ञानको पुस्तक होइन, यसमा केही वैज्ञानिक तथ्यहरू छन् जसलाई केवल प्रविधि र वैज्ञानिक ज्ञानको प्रगतिले हालसालै मात्र पत्ता लगाएको छ। इस्लामले चिन्तन र वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन दिन्छ किनकि सृष्टिको प्रकृतिको बुझाइले मानिसहरूलाई आफ्नो सृष्टिकर्ताको शक्ति र बुद्धिको महत्त्व थप प्रशंसा गर्न सक्षम बनाउँछ।

कुरआन त्यस्तो समयमा अवतरण गरिएको थियो जब विज्ञान आदिम अवस्थामा थियो; कुनै टेलिस्कोप, माइक्रोस्कोप वा आजको प्रविधिको नजिक केही पनि थिएन। मानिसहरूले विश्वास गर्थे कि सूर्यले पृथ्वीको परिक्रमा गर्छ र आकाशलाई समतल पृथ्वीका कुनामा खम्बाहरूले थामेको छ। यस्तो पृष्ठभूमिमा कुरआन अवतरण गरिएको थियो, जसमा खगोलशास्त्रदेखि जीवविज्ञान, भूविज्ञानदेखि जन्तुविज्ञानसम्मका धेरै वैज्ञानिक तथ्यहरू समावेश छन्।

कुरआनमा फेला परेका धेरै वैज्ञानिक तथ्यहरूमध्ये केही यसप्रकार छन्:

१ - जीवनको उत्पत्ति

“र अल्लाहले प्रत्येक जीवित वस्तु पानीबाट बनाउनुभयो। के उनीहरू विश्वास गर्दैनन्?” - कुरान २१:३०

पानीलाई सबै जीवनको उत्पत्ति भनेर बताइएको छ। सबै जीवित वस्तुहरू कोषहरूबाट बनेका हुन्छन् र अहिले हामीलाई थाहा छ कि कोषहरू मुख्यतया पानीबाट बनेका हुन्छन्।

यसलाई केवल माइक्रोस्कोपको आविष्कार पछि मात्र पत्ता लगाइयो।

अरबको मरुभूमिमा, यो कल्पना गर्न असम्भव थियो कि कसैले अनुमान लगाउन सक्छ कि सबै जीवन पानीबाट आएको हो।

२ - मानव भ्रूणको विकास

अल्लाहले मानिसको भ्रूण विकासका चरणहरूको बारेमा कुरा गर्नुभएको छ:

“अल्लाहले मानिसलाई माटोको सारबाट सिर्जना गर्‍यौं। त्यसपछि हामीले उसलाई सुरक्षित ठाउँमा एउटा थोपा बनायौं।” “त्यसपछि हामीले त्यस थोपालाई अलाकाह [जोंक, झुण्डिएको वस्तु, र रगतको थोप्ला] मा बदल्यौं, अनि हामीले अलाकाहलाई मुड्घा [चबाएको पदार्थ] मा बदल्यौं।” - कुरान २३:१२-१४

अरबी शब्द "अलाकाह" का तीन अर्थ छन्: जोंक, झुण्डिएको वस्तु, र रगतको गाठो। "मुड़्घा" को अर्थ चपाएको पदार्थ हो। भ्रूणविज्ञानका वैज्ञानिकहरूले भ्रूणको निर्माणलाई वर्णन गर्न यी शब्दहरूको प्रयोग यथार्थ छ र हालको वैज्ञानिक बुझाइसँग मेल खान्छ भनेर अवलोकन गरेका छन्।

बीसौं शताब्दी सम्म मानिसको भ्रूणका चरण र वर्गीकरणका बारेमा थोरै मात्र थाहा थियो।

यसको अर्थ कुरआनमा मानव भ्रूणको वर्णन सातौं शताब्दीको वैज्ञानिक ज्ञानमा आधारित हुन सक्दैन।

३ - ब्रह्माण्डको विस्तार

त्यस समयमा जब खगोल विज्ञान अझै आदिम अवस्थामा थियो, कुरआनमा निम्न आयत अवतरण भयो:

“र आकाशलाई अल्लाहले बलियोसँग बनाउनु भयो, र निश्चय नै हामी (अल्लाह) यसको विस्तार गरिरहेका छौं।” - कुरान ५१:४७

उपरोक्त आयतको एउटा अभिप्रेत अर्थ यो हो कि अल्लाहले ब्रह्माण्ड (आकाश) लाई विस्तार गरिरहनु भएको छ। अन्य अर्थहरू यो हो कि अल्लाहले ब्रह्माण्डलाई पालनपोषण गर्नुहुन्छ र यसमा उहाँको शक्ति छ - जुन पनि सत्य हो।

ब्रह्माण्ड विस्तार भइरहेको छ भन्ने तथ्य (जस्तै ग्रहहरू एकअर्काबाट टाढा जाँदैछन्) गत शताब्दीमा पत्ता लाग्यो। भौतिकशास्त्री स्टीफन हकिङले आफ्नो पुस्तक ‘अ ब्रीफ हिस्ट्री अफ टाइम’ मा लेखेका छन्:

“ब्रह्माण्ड विस्तार भइरहेको छ भन्ने खोज, बीसौं शताब्दीका महान बौद्धिक क्रान्तिमध्ये एक थियो।”

कुरआनले ब्रह्माण्डको विस्तारलाई टेलिस्कोपको आविष्कार हुनु पहिले नै संकेत गरेको थियो!

४ - फलाम तल पठाइयो

फलाम पृथ्वीका लागि प्राकृतिक होइन, यो बाह्य अन्तरिक्षबाट यो ग्रहमा आएको हो। वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि अरबौं वर्ष पहिले पृथ्वीलाई उल्का पिण्डहरूले हानेका थिए, जसले टाढाका विस्फोटित ताराहरूबाट फलाम ल्याएका थिए।

“हामीलाई (अल्लाहले) फलाम झार्‍यौं जसमा ठूलो शक्ति र मानवजातिका लागि धेरै फाइदाहरू छन्।” - कुरान ५७:२५

अल्लाहले ‘झार्‍यौं’ भन्ने शब्द प्रयोग गर्नुहुन्छ। फलाम बाह्य अन्तरिक्षबाट पृथ्वीमा झारिएको भन्ने तथ्य सातौं शताब्दीको आदिम विज्ञानद्वारा थाहा हुन सक्दैन।

५ - आकाशको संरक्षण

आकाशले पृथ्वी र यसको बासिन्दाहरूलाई सूर्यबाट आउने हानिकारक किरणहरू र अन्तरिक्षको कठोर चिसोबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।

अल्लाहले हामीलाई निम्न आयतमा आकाशलाई विचार गर्न भन्नुहुन्छ:

“हामीलाई (अल्लाहले ) आकाशलाई सुरक्षा दिने छत बनाउनु । र तैपनि तिनीहरू हाम्रा चिन्हहरूबाट टाढा फर्किरहेका छन्!” - कुरान २१:३२

कुरआनले आकाशको सुरक्षालाई अल्लाहको चिन्हको रूपमा संकेत गर्दछ, जसका सुरक्षात्मक गुणहरू बीसौं शताब्दीमा गरिएको वैज्ञानिक अनुसन्धानद्वारा पत्ता लगाइयो।

६ - पहाडहरू

अल्लाहले हाम्रो ध्यान पहाडहरूको एउटा महत्त्वपूर्ण विशेषतामा तान्नुहुन्छ:

“के हाम्रोलागी (अल्लाहले) पृथ्वीलाई आरामको ठाँउ र पहाडहरूलाई खूटा बनाएनौं?” - कुरान ७८:६-७

कुरआनले “खूटा” भन्ने शब्द प्रयोग गरेर पहाडहरूको गहिरा जरा सही रूपमा वर्णन गरेको छ। उदाहरणका लागि, माउन्ट एभरेस्टको उचाइ जमिनबाट लगभग ९ किमी छ, तर यसको जराहरू १२५ किमीभन्दा गहिरा छन्!

पहाडको श्रृंखला

कटान

महाद्वीपीय पर्पटी

निक्षेपण

समुद्र सतह

आवरण (म्यान्टल)

पहाडको जरा

पहाडहरूको गहिरा ‘खूटा’-जस्ता जराहरू बीसौं शताब्दीको सुरुतिर प्लेट टेक्टोनिक्सको सिद्धान्त विकास भए पछि मात्र थाहा भयो। अल्लाहले कुरआन (१६:१५) मा पनि भन्नुहुन्छ कि पहाडहरूले पृथ्वीलाई स्थिर बनाउने भूमिका खेल्छन्, "… ताकि यो न हल्लियोस्।" जसलाई वैज्ञानिकहरूले हालसालै मात्र बुझ्न थालेका छन्।

७ - सूर्यको कक्ष

सन् १५१२ मा, खगोलशास्त्री निकोलस कोपरनिकसले आफ्नो सिद्धान्त अघि सारे कि सूर्य सौर्यमण्डलको केन्द्रमा स्थिर छ र ग्रहहरू यसको वरिपरि घुम्छन्। यो विश्वास बीसौं शताब्दी सम्म खगोलशास्त्रीहरूमा व्यापक थियो। अहिले यो राम्रोसँग स्थापित भएको तथ्य हो कि सूर्य स्थिर छैन, तर हाम्रो मिल्की वे आकाशगंगाको केन्द्र वरिपरि कक्षमा घुमिरहेको छ।

कुरआनले उल्लेख गर्छ:

“त्यही (अल्लाह) हो जसले रात र दिन, सूर्य र चन्द्रमा सिर्जना गर्नुभयो, तिनीहरू सबै आफ्नो कक्षमा तैरिरहेका छन्।” - कुरान २१:३३

८ - महासागरको भित्री तरंगहरू

सामान्यतया यो मानिन्थ्यो कि तरंगहरू केवल महासागरको सतहमा मात्र उत्पन्न हुन्छन्। तर, महासागरविद्हरूले पत्ता लगाएका छन् कि सतह मुनि भित्री तरंगहरू उत्पन्न हुन्छन् जसलाई मानव आँखाले देख्न सक्दैन र विशेष उपकरणहरूद्वारा मात्र पत्ता लगाउन सकिन्छ।

कुरआनले उल्लेख गर्छ:

“... एउटा गहिरो समुद्र, जसलाई तरंगहरूले ढाकेको छ, तिनको माथि फेरि तरंगहरू छन्, र तिनको माथि बादल छन्, अन्धकारको तहहरू, एक अर्कोको माथि...” - कुरान २४:४०

यो वर्णन अचम्मको छ किनकि १४०० वर्ष पहिले महासागरहरूको गहिराइमा भित्रका तरंगहरू पत्ता लगाउन कुनै विशेष उपकरणहरू थिएनन्।

९ - झूट र गति

पैगम्बर मुहम्मद (शान्ति उहाँमाथि होस्) को समयमा एक निर्दयी र अत्याचारी आदिवासी नेता थिए।

अल्लाहले उनलाई चेतावनी दिनका लागि एक आयत अवतरण गर्नुभयो:

“कदापि होइन! यदि ऊ रोकिँदैन भने, हामी (अल्लाह) उसलाई निधारले समात्नेछौं; उसको झूटो, पापी निधार।” - कुरान ९६:१५-१६

अल्लाहले यस व्यक्तिलाई झूटो भन्नुहुन्न, बरु उनको निधार (मस्तिष्कको अगाडिको भाग) लाई ‘झूटो’ र ‘पापी’ भन्नुहुन्छ, र उनलाई रोक्न चेतावनी दिनुहुन्छ।

धेरै अध्ययनहरूले पत्ता लगाएका छन् कि हाम्रो मस्तिष्कको अगाडिको भाग (फ्रन्टल लोब) झूट बोल्न र स्वेच्छिक गतिविधिका लागि जिम्मेवार हुन्छ, जसले गर्दा पाप गरिन्छ। यी कार्यहरू बीसौं शताब्दीमा विकास गरिएका मेडिकल इमेजिङ उपकरणद्वारा पत्ता लगाइयो।

१० - दुई समुद्रहरू जो मिसिन्छन् छैनन्

समुद्रहरूको सन्दर्भमा, हाम्रा सृष्टिकर्ताले भन्नुहुन्छ:

“उहाँले दुई समुद्रहरूलाई बग्न दिनुभएको छ, तिनीहरू एकसाथ मिल्न लागेका छन्, तर तिनीहरूबीच एउटा अवरोध छ जसलाई तिनीहरूले पार गर्न सक्दैनन्।” - कुरान ५५:१९-२०

‘सतह तनाव’ नामक भौतिक बलले छिमेकी समुद्रहरूको पानीलाई मिसिनबाट रोक्छ, ती पानीहरूको घनत्वमा भएको भिन्नताका कारण। यो तिनीहरू बीच एउटा पातलो पर्खाल जस्तो छ। यो महासागरविद्हरूले भर्खरै मात्र पत्ता लगाएका छन्।

एट्लान्टिक महासागर

भूमध्य सागर

एट्लान्टिक महासागरको पानी - लवणता ३६% भन्दा कम

१०

११.५

लवणता ३६.५% भन्दा बढी

जिब्राल्टर सिल

भूमध्य सागरको पानी -

गहिराइ (मिटरमा)

० २०० ४०० ६०० ८०० १००० १२०० १४००

"के मुहम्मदले आफैंले कुरान लेख्न सक्ने थिएनन्?”

पैगम्बर मुहम्मद (शान्ति उहाँमाथि होस्) इतिहासमा अशिक्षित मानिनुहुन्थ्यो; उहाँ पढ्न वा लेख्न सक्नुहुन्नथ्यो र कुनै पनि क्षेत्रमा शिक्षित हुनुहुन्नथ्यो जसले कुरआनका वैज्ञानिक यथार्थलाई व्याख्या गर्न सक्छ।

केहीले दाबी गर्न सक्छन् कि उहाँले यसलाई आफ्नो समयका विद्वानहरू वा वैज्ञानिकहरूबाट नक्कल गर्नुभयो। यदि यो नक्कल गरिएको थियो भने, हामीले त्यस समयका सबै गलत वैज्ञानिक अनुमानहरू पनि नक्कल भएको देख्ने अपेक्षा गर्नुपर्थ्यो। बरु, हामीले पाउँछौं कि कुरआनमा कुनै पनि त्रुटिहरू छैनन् - चाहे तिनीहरू वैज्ञानिक हुन् वा अन्य।

केहीले यसो पनि दाबी गर्न सक्छन् कि कुरआन नयाँ वैज्ञानिक तथ्यहरू पत्ता लाग्दा परिवर्तन गरिएको थियो। यो असम्भव छ किनकि कुरआन आफ्नो मौलिक भाषामा सुरक्षित छ भन्ने कुरा ऐतिहासिक रूपमा प्रमाणित तथ्य हो - जुन आफैंमा एक चमत्कार हो!

के यो संयोग मात्र हो?

यस पुस्तिकाले केवल वैज्ञानिक चमत्कारहरूमा ध्यान केन्द्रित गरेको भए पनि, कुरआनमा धेरै अन्य प्रकारका चमत्कारहरू उल्लेख गरिएको छ: ऐतिहासिक चमत्कारहरू; सत्य सावित भएका भविष्यवाणिहरू; भाषिक र साहित्यिक शैलीहरू जसको तुलना हुन सक्दैन; यसले मानिसहरूमा पार्ने भावनात्मक प्रभाव उल्लेख नगरी। यी सबै चमत्कारहरू संयोगवश हुन सक्दैनन्। तिनीहरूले स्पष्ट रूपमा संकेत गर्छन् कि कुरआन अल्लाहबाट हो, जो यी सबै वैज्ञानिक नियमहरूको सृष्टिकर्ता हुनुहुन्छ। उहाँ उही अल्लाह हुनुहुन्छ जसले सबै पैगम्बरहरूलाई एउटै सन्देशसहित पठाउनुभयो - एक मात्र अल्लाहको पूजा गर्न र उहाँको पैगम्बरको शिक्षालाई पालन गर्न।

“अल्ल्लाहले उनीहरूलाई हाम्रो चिन्हहरू ब्रह्माण्डमा र उनीहरूको आफ्नै भित्र देखाउनेछौं, जबसम्म उनीहरूलाई थाहा नहोस कि यो कुरआन सत्य हो।” - कुरान ४१:५३

कुरआन एउटा मार्गदर्शनको पुस्तक हो जसले देखाउँछ कि अल्लाहले मानिसलाई निरुद्देश्य रूपमा भट्टीयाउनका लागि सिर्जना गर्नुभएको होइन। बरु, यसले हामीलाई सिकाउँछ कि हाम्रो जीवनमा अर्थपूर्ण र उच्च उद्देश्य छ - अल्लाहको पूर्णता, महानता र विशिष्टतालाई स्वीकार गर्न र उहाँको आज्ञा मान्न।

यो प्रत्येक व्यक्तिमा निर्भर छ कि उनीहरूले आफ्नो अल्लाहले दिएका बुद्धि र तर्कशक्ति प्रयोग गरेर विचार गर्न र अल्लाहका चिन्हहरूलाई चिन्न - जसमा कुरआन सबैभन्दा महत्त्वपूर्ण चिन्ह हो। पढ्नुस् र कुरआनको सौन्दर्य र सत्यता पत्ता लगाउनुस्, ताकि तपाईं सफल हुन सक्नुहोस्!

Similar Downloads

No related download found!